काठमाडौं – कांग्रेस महाधिवेशन अन्तर्गत मंगलबार बेलुकी सकिएको मतगणनाअनुसार सुदूरपश्चिम क्षेत्रबाट खुलातर्फ यज्ञराज जोशी र डा रणबहादुर रावल विजयी भएका छन् ।


ADVERTISEMENT


रावलले २६६९ मत ल्याएका थिए भने जोशीले २०४४ मत ल्याएका थिए । त्यस्तै, सुदूरपश्चिम महिला खुलातर्फ सुशीला मिश्र भट्ट २४२२ मत ल्याएर विजयी भएकी छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, कर्णाली प्रदेश महिलामा जानकी सिंहले २६२४ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । त्यस्तै कर्णाली प्रदेश पुरुष खुलातर्फ राजीवबिक्रम शाहले २८२० मत ल्याएर जित हात पारेका छन् भने कर्णबहादुर बुढाले २२०० मत ल्याएर विजय हासिल गरेका छन्।