काठमाण्डौं-मलेसियामा जारी एसीसी अण्डर १९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाईनलमा नेपालले अफ्गानिस्तानसामु १ सय ४ रनको झिनो चुनौती प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको अफगानिस्तानले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको नेपाल, २८ ओभरमा १ सय ३ रनमा समेटिएको हो । लेग स्पिनर मुजिव अर रहमानले उत्कृष्ट बलिङ गर्दै अघिल्ला क्रमका ६ विकेट चट्काएपछि नेपाली ईनिङस् ध्वस्त भएको थियो । क्वाईस अहमद कामावालले ३ विकेट लिए ।


ADVERTISEMENT

# # #


अनिल कुमार शाहले ५० रन बनाएको नेपाली ईनिङसमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओपनर आसिफ सेख ब्यक्तिगत शुन्य रनमा आउट भएको नेपाली ईनिङसमा अर्का ओपनर जितेन्द्र सिंह १ रनमा पभेलियन फर्के । कप्तान दिपेन्द्र सिंह ऐरी ६ तथा रोहित कुमार पौडेल ४ रनमा आउट भए ।

पाँचौ विकेटका रुपमा अनिल र भीम सार्किले २९ रनको साझेदारी गरेपनि १९ औ ओभरमा सार्कि ६ रन बनाउदै रनआउट भएपछि नेपाली ईनिङस संकटमा परेको थियो । त्यसपछि आएका पवन सर्राफ ८, कमल सिंह ऐरी र किशोर महत्तो शुन्य, तथा सहाव आलम ७ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा अबिजित रहे । १ सय ४ रनको सामान्य चुनौतीसहित अफगानिस्तानले केहिबेरअघि जवाफि ब्याटिङ सुरु गरेको छ ।

आजको बिजेताले उपाधिका लागि आईतबार पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाईनलमा डकबर्थ लेबिस पद्धतीका आधारमा बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको थियो ।

अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिए।

 

https://www.facebook.com/yatritv/videos/1975332612493216/