काठमाण्डौं(रासस)-बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा १५० मिटर तल पुगेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

प्रतिकृया

प्रतिकृया