काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा यसअघि कहिले पनि रसुवाली नेताले प्रतिनिधित्व गर्न पाएका थिएनन् । अब भने  पहिलोपटकरसुवाली नेताले कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।


ADVERTISEMENT


सात दशक पहिले स्थापना भएको नेपालकै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पहिलोपटक रसुवाका सांसद इञ्जिनीयर मोहन आचार्य निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको  सम्पन्न मतगणनामा सांसद आचार्य १७५१ मत ल्याएर निर्वाचित भए । नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उनले उम्मेदवारी दिएका थिए ।

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य रसुवामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो । विसं २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विगत चार वर्षमा विभिन्न खालका विकास निर्माणले तीव्रता पाएको छ ।

 

 नवनिर्वाचित केन्द्रीय सदस्य आचार्यको परिचय यस्तो छ: 

विसं २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मनुभएका सांसद आचार्य परिवारका कान्छा छोरा हुन् । विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गरेका सांसद आचार्य विसं २०४६ सालको जनआन्दोलनमा काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय भएका थिए ।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गरेएका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विसं २०५६ सालमा स्वदेश फर्केलगत्तै काँग्रेस राजनीतिमा सक्रिय भए ।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विसं २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भए । विसं २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गरेका आचार्यले रसुवा काँग्रेसको संगठनलाई मजबुद बनाएका छन् ।

उनले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत काँग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।