काठमाडौं – विशेषगरी हामीहरुले दिनको समय काम गर्नका लागि अनि रातिचाहिँ सुत्नका लागि निर्धारण गरेका छौं । दिनमा उज्यालो हुने हुँदा काम गर्न पनि सजिलो हुन्छ । रातमाचाँहि अँध्यारो हुने हुँदा सुत्नका लागि निर्धारण गरिएको हो ।  तर रातमा ड्युटी हुने मानिस त बाध्यता वश राति उठ्ने र दिउँसो सुत्ने गर्नुपर्दछ । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी पनि परेको हुन्छ ।


ADVERTISEMENT


शास्त्रहरुमा  र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।


ADVERTISEMENT

# # #


दिउँसो सुत्दा धनको नाश हुन्छ भन्ने भनाइ रहेको छ । दिउँसो सुत्दा धनकी देवी माता लक्ष्मीको कृपा नरहने विभिन्न धर्म ग्रन्थमा उल्लेख भएको पाइन्छ । दिउँसो सुत्ने मानिस यदि भगवान् विष्णु नै भएपनि माता लक्ष्मीले छाडिदिने  धर्म ग्रन्थहरुमा र नीति वचनमा लेखिएको छ । यसको मतलब दिउँसो सुत्ने मानिस गरीब रहन्छ भन्ने हो ।

खैर, व्यावहारिक पक्षमाचाँहि दिउँसो सुत्ने मानिसमा आलस्यता रहने कारण काम नगर‍ेपछि धन आर्जन नहुने अवस्था ज्यादा रहन्छ । अर्कोतिर स्वास्थ्यमा प्रतिकूल असर पर्ने कारण पनि  दिउँसो सुत्ने मानिसको स्वास्थ्य क्षेत्रमा धेरै पैसा खर्च हुन्छ । यसैगरी स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएपछि काम गर्न सकिँदैन । कर्म नगर्ने मान्छेसँग धनसम्पत्ति पनि कम हुन्छ । यसले गर्दा दिउँसो सुत्ने मानिस गरीब हुनु स्वाभाविक हो ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ । यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।

तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ । वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ ।

असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।