काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीलाई अनुशासनको कारबाही गर्दै उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


क्यानले मल्ल र ऐरीसहित प्रमुख खेलाडी सोमपाल कामी, कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिनाका लागि केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय गरेको छ । क्यानले अनुशासन उल्लंघनसम्बन्धित गठन गरेको छानबिन समितिले गरेको सिफारिस अनुसार खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न रहेको भन्दै उनीहरुलाई कारबाही गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै क्यानले नेपाली क्रिकेटको नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । क्यानले आगामी डिसेम्बर २१ देखि पोखरामा राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण गर्ने निर्णय समेत गरेको छ ।