काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित धन्यवाद कार्यक्रममा उनले पछिल्ले साढे पाँच बर्ष पार्टी बेथितिमा चलेको भन्दै अब पनि पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले निर्वाचनको परिणामलाई लिएर आफ्नो मनामा कुनै कुन्ठा नरहेको स्पष्ट पारे । महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधिहरुका साथै नेता कार्यकर्ताले देखाएको मायाले विजयी भएको उनको भनाई छ । त्यस्तै उनले कांग्रेसको रुपान्तरणको लागि लागेको भन्दै निरन्तर घरदैलोमा पुग्ने बताए ।

अब भागबण्डा र गुटबण्दीको राजनीतिमा आफू नलाग्ने भन्दै काम गर्दै जाने र त्यहीँबाट देउवा समूहलाई सोच्न बाध्य बनाउने जिकिर गरे ।