काठमाडौं । नवलपरासी क्षेत्र नम्बर २ को चुनावी अभियानमा कांग्रेस प्रबेशको माहोल चलेको छ । रामग्राम न पा ८ को चुनाव प्रचार प्रसार कार्यालय समुदघाटन समारोहका क्रममा आज हजारौं नेता कार्यकर्तालाई नेता देवेन्द्र कण्डेलले पार्टी प्रबेश गराएका छन् ।


ADVERTISEMENT


समारोहमा नेता बैजनाथ जैसवाल ,रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता ,सह सभापति सुभाष चन्द्र गिरी ,जिल्ला सचिब बिक्रम यादव ,रामग्राम नगरपालिकाकी उप मेयर रम्भा कुवर लगायतले त्यस क्षेत्रमा काग्रेसको पक्षमा जनलहर चलेको बताएका छन् ।


ADVERTISEMENT

# # #


रामग्राम ८ को कार्यक्रममा माओबादी केन्द्र, एमाले लगायतका पार्टी परित्याग गरि ३ सय बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन्।

यस्तै रामग्राम नगरपालिका ७ उजैनीको चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन समारोहमा समेत २०० बढी नेता कार्यकर्ताहरु अन्य पार्टी परित्याग गर्दै काँग्रेस पार्टीमा प्रबेश गरेका छन् ।

जहाँ जहाँ कण्डेलको नेतृत्वमा चुनावी अभियान देखिन्छ, त्यहाँ त्यहाँ अन्य पार्टी छोडेर काँग्रेसमा आउनेहरुको लहर नै चलेको उनका स्वकीय सचिव कमल किशोर रायमाझीले हिमालय पोष्टलाई जानकारी गराएका छन् । उनका अनुसार आजै मात्रै चुनावी अभियानका क्रममा पार्टी प्रबेश गर्नेहरुको संख्या हजारौँ छ ।