काठमाडौं – काठमाडौं विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई विश्वविद्यालयले सन् २०१४ बाट केयू परिसनको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ । जसअनुसार यो वर्षका लागि सो प्रतिष्ठित सम्मान स्व मिश्रलाई प्रदान गरिएको हो ।


ADVERTISEMENT


काठमाण्डौ विश्वविद्यालय स्थापनामा सराहनीय योगदान पुर्याएका कारण स्व मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले जानकारी दिए । मिश्रले विद्यालय प्रशासन र निरीक्षण विषयमा फिलिपिन्सबाट स्नातकोत्तर र उच्च शैक्षिक प्रशासनिक विषयमा अमेरिकाबाट पोस्ट ग्राजुएट गरेका थिए ।


ADVERTISEMENT

# # #


थापाकाअनुसार नियमित अध्ययनपछि स्व। मिश्र शिक्षा सेवामार्फत सरकारी सेवामा प्रवेश गरेका थिए । यस्तै, काठमाण्डौ विश्वविद्यालयबाट प्रदान गरिएको विभिन्न प्रशासनिक र शैक्षिक भूमिकामार्फत विश्वविद्यालय सेवामा प्रवेश गरेका थिए ।

स्व। मिश्र स्कूल इन्स्पेक्टर पदबाट सरकारी सेवामा प्रवेश गरेका डा। थापाले जानकारी दिए । सो क्रममा मिश्रले जिल्ला शिक्षा अधिकारी, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक प्रशासनिक विशेषज्ञ, उपसचिव तथा नेपाल प्रशासनिक स्टाफ कलेजको प्रमुख प्रशासकीय अधिकृत तह लगायतका महत्वपूर्ण जिम्मेवारीमा रही सेवा गरेका थिए ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा रहँदा काठमाण्डौ विश्वविद्यालयको ऐन निर्माणमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शिक्षा सेवाबाट अवकासपछि १९९९ देखि २००१ मा काठमाण्डौ विश्वविद्यालय, धूलिखेल नगरपालिका, डेनिस राजदूतावासको संलग्नतामा संचालित गुणस्तरीय शिक्षा परियोजनामा विश्वविद्यालयको तर्फबाट संयोजकको भूमिका समेत निर्वाह गरेका  थापाले जानकारी दिए ।

थापाका अनुसार काठमाण्डौ विश्वविद्यालयमा रहँदा २००१ देखि एशोसिएसट प्रोफेसर भई अध्यापनका साथैं प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीअन्तर्गत पीजीटिई इन सेकेण्डरी र प्राइमरी एजुकेसन तथा बीटेक एट प्रोग्रामको संयोजकको नियुक्त भएका थिए । परीक्षा समितिको सदस्य, नियमनिर्देशिका मस्यौदा र शैक्षिक तथा प्रशासनिक कार्य अतिरिक्तको जिम्मेवारी पनि बहन गरेका थिए । स्व मिश्रले अन्य थुप्रै कार्यक्रमको अध्यापन र विकासमा महत्वपूर्ण योगदान गरेका थिए ।

सन् १९३९ नोभेम्बर ०८ मा सर्लाहीमा जन्मिएर काठमाण्डौको नयाँ बानेश्वरमा २३ अप्रील २०२१ मा मिश्रको निधन भएको थियो । काठमाण्डौ विश्वविद्यालयको स्थापना तथा विकासका शैक्षिक तथा प्रशासनिक कार्यमा आफ्नो जीवनको महत्वपूर्ण समय प्रदान गरेका मरणोपरान्त ‘केयू–ओरेसन २०२१’को सम्मान प्रदान गरिएको  थापाले जानकारी दिए ।

स्व मिश्रका सुपुत्र अजयकुमार मिश्रले सो सम्मान ग्रहण गरेका थिए । सम्मान ग्रहणपछि बोल्दै अजय मिश्रले  बुबाको तर्फबाट यो सम्मान स्वीकार गर्दा आफूहरुलाई प्रसन्नता भएको बताए । उनले काठमाण्डौ विश्वविद्यालयप्रति सम्मानका लागि कृतज्ञता समेत प्रकट गरेका थिए । आफू रामानन्द मिश्रको छोरा हुन पाएकोमा गौरवान्वित भएको समेत उनले सो क्रममा बताएका थिए ।