काठमाडौं मारवाडी सेवा समिति नेपाल एवं  पशुपति गौशाला धर्मशालाद्वारा संचालित कृत्रिम खुट्टा वितरण कार्यशाला, गौशाला धर्मशालामा सम्पन्न भएको छ ।


ADVERTISEMENT


शनिबार मारवाडी सेवा समिती नेपालका अध्यक्ष  कैलाशचन्द्र गोयलको सभापतित्वमा कृत्रिम खुट्टा वितरण कार्यशाला, गौशाला धर्मशालामा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारी र काठमाडौं महानगपालिका वडा नं २२ का वडाध्यक्ष श्री चिनिकाजी महर्जनको आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा नेपाल राष्ट्रीय मारवाडी परिषदका अध्यक्ष  पवन मित्तल , मारवाडी सेवा समिती नेपालका पदाधिकारी, कार्यसमिति सदस्य एवं श्री पशुपति गौशाला धर्मशालाका अध्यक्ष  चर्तुभुज सरिया, पदाधिकारी, कार्यसमिति सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिगास बैतडी निवासी  दिपकराज अवस्थी र महादेवडाँडा मकवानपुर निवासी  कुलबहादुर घिसिङ्गलाई निःशुल्क कृत्रिम खुट्टा दिइएको हो  । मारवाडी सेवा समिति नेपालका अनुसार यस किसिमका  कार्य समाजका व्यक्तिहरूको सहयोगबाट  निरन्तर रूपमा संचालित भइरहेको छ ।