काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उमेदवार शेखर कोइरालाले आफ्नो टिमको टुंगो लगाएका छन् । उनको टिम मनोनयन दर्ता गर्नका लागि तयारी अवस्थामा रहेको बताइएको छ। र्‍यालीसहित उनीहरु मनोनयन दर्ता गर्न जाने बताइएको छ ।


ADVERTISEMENT


शेखर कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ रहने भएको छ । नेता पौडेल निकटका नेताहरूलाई समेत समेटेर शेखरले प्यानललाई अन्तिम रूप दिएको कांग्रेस स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ र महामन्त्रीमा मिनेन्द्र रीजाल र गगन थापाको नाम टुंगो लगाएका हुन्।

त्यस्तै संस्थापन पक्षबाट विद्रोह गरेका विश्वप्रकाश शर्मालाई पनि शेखरले आफ्नै टिममा सहभागी गराउने बताइएको छ। यद्यपि उनलाई कुन पद दिने अहिलेसम्म खुलाइएको छैन ।