काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने दोहोर्‍याएका छन् । सहमतिका लागि छलफल गर्न भन्दै सिंह निवास चाक्सीबारी पुगेका नेताद्वय मिनेन्द्र रिजाल र महेश आचार्यसँगको भेटमा उनले आफू पछि नहट्ने बताएका हुन् ।


ADVERTISEMENT


संस्थापनइतरबाट आफ्नै नाममा सहमति हुनुपर्ने उनको अडान छ । ‘संस्थापनइतरबाट सभापतिको एकल उम्मेदवारमा मेरो नाममा सहमति खोजौं,’ उनले भने, ‘अरुलाई मैले छाड्दिनँ। अरु उठे पनि म उठ्छु ।’


ADVERTISEMENT

# # #


उनले न्यायसंगत रुपमा हुने सहमतिमा आफू तयार रहेको पनि बताए । संस्थापन इतर पक्षमा रहेका नेताहरुबीच साझा उम्मेदवार तय गर्ने विषयमा पटक–पटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन।