काठमाडौं – नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।


ADVERTISEMENT


रसुवाका सांसद आचार्यले एक कार्यक्रममा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए ।


ADVERTISEMENT

# # #


कांग्रेसको लगानी, पूर्वाधार र रोजगार एवं दिगो परियोजना केन्द्रित विशेष समितिमा रहेका आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गरेका थिए ।

विसं २०७४ को प्रतिनिभिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विकास निर्माणका विभिन्न काम भएका छन् । रासस