काठमाडौँ – स्कुटर कम्पनी अप्रिलियाको रिक्रियसनल राईड सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक विक्रेता दुगर ब्रदर एन्ड सन्स प्रा.लि.ले शनिबार राइड आयोजना गरेको हो ।


ADVERTISEMENT


अप्रिलियाको सोरुम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म आयोजना राईडमा १२० जना राइडरहरु सहभागी रहेका थिए । कम्पनीले सबै राइडरलाई शनिबार नगरकोटमा नै बसालेर शनिबार फर्काएको हो ।


ADVERTISEMENT

# # #


राइडमा युवाहरुको आकर्षण देखिएको प्रा.लि.का उपाध्यक्ष विजय महतोले जानकारी दिए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरेको उनले बताए । ‘ग्राहकबीच अन्तक्रिया गराउने, भेइकलको पफर्मेन्स र रिभ्यू गर्ने लक्ष्यसहित राइड आयोजना गरेका थियौँ’ उनले भने, ‘लक्ष्य अनुसार नै राइड सफल भयो ।’

राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अनिशा केसीले बताइन् । आफूलाई अप्रिलिया स्कुटर निकै मन पर्ने र विशेषता पनि राम्रो रहेको अर्की राइडर रियासा दाहालले बताइन् । राइडमा सहभागीबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि र प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् ।

कम्पनीले यसअद्धि पनि विभिन्न समयमा राइडहरु आयोजना गरेको थियो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उपाध्यक्ष महताले बताए ।