काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राखेर झण्डै डेढ महिनादेखि आन्दोलन गरिरहेका न्यायधीश समूहले नेकपा एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेका छन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन सहयोगको अपिल गर्दै नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हडताली न्यायाधीश एवम् सहयोगी वकिलहरुले आज ओलीलाई भेट गरेका हुन् ।


ADVERTISEMENT

# # #


एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले बारका प्रतिनिधि मण्डलले ओलीसंग भेटवार्ता गरेको हो । यसका लागि वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाको टोली बालकोट पुगेको थियो ।

ओली विरुद्धको सडक र अदालतमा नेतृत्व गरेका थापाले सो भेटमा ओलीलाई जनतालाई सम्प्रभु सत्ता सम्पन्न बनाउन उनले लामो कारागार जीवन भोगेको स्मरण गराउँदै सहयोगको अपिल गरेका छन् ।