काठमाडौँ – दोलखाको चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना दिन पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


२०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएको भन्दै सो क्षेत्रका स्थानीय र सरोकारवालाहरुमंगलबार ललितपुरका चाकुपाटस्थीत विभागमा धर्ना दिन पुगेका थिए । धर्नाका क्रममा उनीहरुले बिभागको गेटमा बसेर नारावाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले चरिकोट–मुडे सडक चाडो कालोपत्रे गर, ६ बर्षदेखि दोलाखाबासीले भोगिरहेको बिचल्लीबाट मुक्ति दे लगाएका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि सोमबार चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसंगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारसंगको सम्झौता तोड्ने बताउनुभएको थियो ।