काठमाण्डौं-महाकाली नदीमा निर्माणाधीन तटबन्ध भारतीय पक्षका कारण प्रभावित भएको छ । २०७० को विनासकारी बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६५ प्रतिशत काम सम्पन्न भएको छ । तटबन्धको काम तीव्र रूपमा गर्ने भनिए पनि भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा आयोजना निर्माणको काम सुस्त भएको छ ।


ADVERTISEMENT


विभिन्न प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको ९ र १२ नम्बर प्याकेज आव २०७३/०७४ मा सम्पन्न भएको आयोजना प्रमुख सुशीलचन्द देवकोटाले बताए । वर्षात्को समयमा सुस्ताएको महाकाली तटबन्धको काम हाल प्याकेज नम्बर ८ बाहेक अन्य प्याकेजमा भइरहेको छ । १२ वटा प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको काम चालू आवमा तीन प्याकेजमा काम गर्ने गरी थप गरिएको छ ।


ADVERTISEMENT

# # #


जौलजीविको तल एउटा प्याकेज र जौलजीविमाथि अर्को प्याकेज र रिङनतालमा एउटा प्याकेज गरी तीन वटा प्याकेज थप गरिएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।प्याकेज नम्बर १ देखि ६ सम्म चालू आर्थिक वर्षको पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । यस्तै प्याकेज नम्बर ७ र ८ को केही काम बाँकी रहेकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए । प्याकेज नम्बर १० मा भने बिभिन्न समस्याले गर्दा निर्माण कार्य प्रभावकारी हुन नसकेको आयोजना प्रमुख देवकोटाले बताए । भारतको खोतिला पहिरोको कारण प्याकेज नम्बर १० मा निर्माण गरिएको तटबन्धको स्टर्ड (नदीको बेग छेक्ने ब्लक) समेत निर्माण गर्न नसकिएको उनको भनाइ छ ।