काठमाण्डौं-एएफसी एसिया कप छनोट फुटबलबाट बाहिरिइसकेको नेपालले फिलिपिन्ससँगको दोस्रो खेलमा गतिलो प्रदर्शन गरेको छ । समूहमा बलियो फिलिपिन्सलाई नेपालले मंगलबार घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्यो । यसअघि फिलिपिन्समा खेलिएको अवे खेलमा नेपाल ४-१ गोलले पराजित भएको थियो । एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई कडा टक्कर दियो ।


ADVERTISEMENT


फिलिपिन्स नौ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१९ मा यूएईमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।


ADVERTISEMENT

# # #


अनिलको सन्यास
अनिल राष्ट्रिय टोलीमा ५० औं क्याप पुर्‍याएर सन्यासको घोषणा गर्न यस अघिनै आतुर थिए । उनी पछिल्लो समय यसैको पर्खाइमा थिए । ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका अनिलले १० मिनेट खेल्दै राष्ट्रिय टोलीलाई विट मारेका छन् ।

सन् २०१० को विश्वकप अन्तर्गत सन् २००७ मा ओमनसँग खेलिएको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले सन् २०१७ सम्म आइपुग्दा १० बर्ष खेल्दै नौ गोल गरे । यदि उनले अन्तिम खेलमा गोल गरेको भए राष्ट्रिय टोलीका लागि उनको गोल संख्या पनि १० नै हुने थियो ।