काठमाण्डौं-चुनावको चहलपहल सुरु भएसँगै टेलिकम सेवाप्रदायक कम्पनी र इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) को व्यापार पनि बढेको छ। सामाजिक सञ्जाललाई चुनाव प्रचारप्रसार गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रचलनसँगै चुनावले टेलिकम क्षेत्र र आईएसपी प्रोभाइडरको व्यापार बढाउन सघाएको छ ।


ADVERTISEMENT


सामान्य अवस्थाको तुलनामा फोन कल १० प्रतिशत र इन्टरनेटको खपत १५ प्रतिशत हाराहारीमा वृद्धि भएको सेवाप्रदायक कम्पनीले जानकारी दिएका छन् । नेपाल टेलिकमको असोज १२ देखि कात्तिक २६ गतेसम्मको डाटालाई अध्ययन गर्दा फोन कलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतसम्म वृद्धि भएको सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कुनै विशेष अवस्था नहुँदासम्म एक महिनाको अवधिमा टेलिकमको कलमा यस किसिमले वृद्धि नहुने उनको भनाइ छ । ‘सामान्यतया एक महिनाको अन्तरालमा धेरैमा पाँच प्रतिशत वृद्धि हुन्थो । त्यो भनेको ग्राहक संख्या बढ्नुले हो । अहिले १० प्रतिशत बढेको छ । अर्थात् चुनावले केही असर पारेको अवश्य हो, अधिकारीले भने, ‘चुनावको एक महिना अघिबाटै चुनावको चहलपहल सुरु भइसकेको छ। सामाजिक सञ्जालमा प्रचारप्रसार बढेको छ। यसले इन्टरनेटको प्रयोग पनि वृद्धि भएको छ ।

टेलिकमको इन्टरनेटको खपतमा पनि एक महिनाको अवधिमा १५ प्रतिशत हाराहारीमा वृद्धि भएको अधिकारीले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता मासिक १ प्रतिशत हाराहारीमा वृद्धि हुने गरेको छ । यसको अर्थ इन्टरनेट खपतमा पनि खासै ठूलो अन्तर हुनेछैन । तर एकै महिनाको अन्तरमा १५ प्रतिशत हाराहारीमा इन्टरनेट खपत बढ्नुको चुनाव नै प्रमुख कारण हो । यसबाहेक मोबाइल, इन्टरनेट, एडीएसएल र वाइम्याक्स प्रयोगकर्ता पनि केही बढेका छन् ।