काठमाडौं – २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ ।


ADVERTISEMENT


शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो । गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


ADVERTISEMENT

# # #


मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो ।