काठमाडौं – नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनको मतदान सकिनको लागि कम्तीमा पनि रातको ११ बज्ने भएको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । हालसम्म १५ सय मत खसेको छ ।


ADVERTISEMENT


राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो । निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिन कम्तीमा पनि राति ११ बज्ने  भएको हो । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।


ADVERTISEMENT

# # #


महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बीनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् । कुल १७९३ जना प्रतिनिधिध रहेका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन् । एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ