धनकुटा –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित भएका छन् ।   कांग्रेस सार्वजनिक मतपरीणाम अनुसार निकटतम प्रतिस्पर्धी कमोठ फागोले ४७० मत पाउँदा दिनेशले ५०४ मत प्राप्त गरी सभापतिमा विजय हासिल गरेका हुन् ।


ADVERTISEMENT


धनकुटा कांग्रेसले आज बिहान  अन्तिम नतीजा प्रकाशित गर्दै धनकुटामा विजय भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । जसमा उपसभापतिमा सुनिल डंगोल ४६६ मत र निर्मल ओझा ४३० मत पाई विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


साथै उपसभापतिका अन्य आकांक्षीहरु रमेश ईवाहाङले ४१० र सन्तोष तामाङले ४०० मत   पाएको कांग्रेस निर्वाचन आयोग धनकुटाले जानकारी दिएको छ ।

कांग्रेस निर्वाचन आयोग धनकुटाले दिएको जानकारी अनुसार सचिवमा बिजय सन्तोषी राई सर्वाधिक मत पाई ६२६ पाई विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी  जयन्द्र घिसिङ पनि ४३९ मत पाई विजयी भएका छन् । सचिव अन्य आकांक्षीहरु राजेन्द्र पौडेलले ३१४ मत  पाए भने  तीर्थ राई ३९२ मतमा नै समेटिए ।

त्यसैगरी सह-सचिवमा रोशन श्रेष्ठ ५१८ मत पाई विजयी भए । यता अन्य सह-सचिवका आकांक्षीहरु गिरिजा दाहालले ४६६ मत पाएका छन् । अर्का  प्रतिस्पर्धी अम्बिका राईले ४१८ मत पाइन् भने निकटतम प्रतिस्पर्धी झडेन्द्र खतिवडाले ३३१ मतमा चित्त बुझाए ।