चितवन – चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहना गरेकै व्यक्तिहरु निर्वाचित र सर्वसम्मत भएका छन् । जसले अब एमाले पार्टीका बैठकमा भिन्न मत राख्ने सदस्य नहुने भएको छ । जसले ओलीलाई एकसुरले बोलिरहने छुट हुनेछ र अन्य पदाधिकारीहरु टाउको हल्लाइरहन बाध्य हुनेछन् । वा भनौं ताली पिटिरहनेछन् ।


ADVERTISEMENT


चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली त बनाएको छ । तर, अब पदाधिकारीले स्वतन्त्र बिचार राख्न सक्नेछैनन् । उनीहरु ओलीका बिचारहरु नै महान् भएको टिप्पणी गर्ने बाध्यकारी भूमिकामा समाहित हुनेछन् ।  त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ । तर मुख भने बन्द गर्नुपर्नेछ वा ओलीको प्रशंसा ।


ADVERTISEMENT

# # #


एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन् । लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन् ।

उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन् । ओली स्वयं विरोधीप्रति कठोर हुन्छन् । शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन् ।

एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो । अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन् । उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन् ।

ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए । त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे । अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन् ।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो । तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए ।  समाचार नागरिक दैनिकमा छ ।