चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ ।  बिहान ४ बजेबाट मतदान सुरु भए मतदानमा बिहान ६ बजेसम्ममा करिब ११०० भन्दा बढी मत खसेको बताइएको छ ।


ADVERTISEMENT


राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदानपश्चात आजै दिउँसोसम्म नतिजा आइसक्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


अघिल्लो दिनदेखि गएरातिसम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलेसहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।

एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेको हो । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएको थियो ।