काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फरक मत राख्ने व्यक्तिहरुमाथि चितवनमा भएको अत्याचारले नेकपा एमालले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लागाएका हुन् । उनले नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको बताउदै नेकपा एमाले कम्युनिष्ट पार्टी हुन नसक्ने तर्क गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुबीच गठबन्धन भएको बताउँदै आफूहरुको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे । समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुभपर्ने, समाजमा रहेको छुवाछुत लगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई छ

अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउदै राजनीतिक क्षेत्रमा परिवर्तन भएपनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।