चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनका लागि उम्मेदवारको प्रारम्भिक नामावलीप्रकाशित गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदाधिकारी र केन्द्रीय कमिटीका लागि उम्मेदवारी दिनेहरुको नामावली प्रकाशित गरेको हो ।


ADVERTISEMENT


सूचि अनुसार अध्यक्षमा केपी शर्माओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्रै उम्मेदवारी परेको छ । यस हिसाबले उनी निर्विरोध वरिष्ठ उपाध्यक्ष चुनिएका छन् ।


ADVERTISEMENT

# # #


६ जनाको उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले अध्यक्ष केपी ओलीको सूचिमा अटाएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सूचिमा नअटाएका घनश्याम भुषालले पनि उम्मेदवारी दिएका छन् ।

महासचिवमा शंकर पोखरेलको एकल उम्मेदवारी गर्दा उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमालको उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै ७ जनाको सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । अन्य केन्द्रीय सदस्यहरुमा पनि ओलीको सूचिमा नहटाएका थुप्रैले उम्मेदवारी दर्ता गराएका छन् ।

दर्ता गरिएको उम्मेदवारीमा दाबी, विरोध हुनेछ र अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन हुनेछ ।