काठमाडौं – नेकपा (एमाले) को १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित ३०१ केन्द्रीय कमिटीमा सदस्यमा संविधानसभा सदस्य समेत रहेकी तारा राई पनि परेकी छिन् ।


ADVERTISEMENT


मोरङबाट १० औं महाधिवेशनका लागि प्रतिनिधि रहेकी राईलाई आदिवासी जनजातिको महिला तर्फबाट केन्द्रीय कमिटी सदस्यका लागि प्रस्तावित भएकी हुन् । २००७ सालका मुक्तीयोद्धा रामप्रसाद राईकी नातिनी समेत रहेकी राई संविधानसभा सदस्यको रुपमा सक्रिय भूमिका निभाएकी थिइन् ।


ADVERTISEMENT

# # #


राई विगत ४० वर्षदेखि राजनीतिमा सक्रिय छिन् साथै रामप्रसाद राई स्मृति प्रतिष्ठानकी अध्यक्षसमेत हुन् ।

वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै भोजपुरबाट राजनीति सुरु गरेकी राई एमालेभित्र संघर्षशील महिलाको रुपमा परिचित छिन् ।