चितवन – नेकपा (एमाले)को १० ‍औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित ३०१ केन्द्रीय कमिटीमा भोजपुरबाट दुई जना केन्द्रीय सदस्य परेका छन् ।


ADVERTISEMENT


भोजपुरबाट पूर्व-मुख्यमन्त्रीसमेत रहिसकेका  तथा निवर्तमान प्रदेश नम्बर एकका निर्वतमान सह-इन्चार्ज शेरधन राई र निर्वतमान केन्द्रीय कमिटी सदस्य हरिबहादुर राई समेटिएका हुन् । शेरधन खुल्ला र हरिबहादुर आदिवासी जनजातितर्फ समावेश भएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले पेश गरेको सूचीमा सुरुमा हरिबहादुर राईको नाम प्राविधिक कारण छुटेको थियो । आदिवासी जनजातितर्फ राईको नाम लेख्नुपर्नेमा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको खुल्ला र आदिवासी जनजाति दुबैमा नाम समेटिएको थियो । हरिबहादुर राईको नाम छुटेपछि सूची सच्चाएर सुनुवारको खुल्लामा समावेश गरेर राईको नाम आदिवासी जनजातितर्फ राखिएको हो ।

प्रस्तावित उपाध्यक्षका उम्मेदवार सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीसँग समन्वय गरेर छुटेको राईको नाम सूचीमा समावेश गरेका हुन् । खुल्ला तर्फमा सुनुवार र आदिवासी जनजाति तर्फ हरिबहादुर राईको नाम प्रस्तावित गरिएको तर टाइप गर्दा सुनुवारको दुवैतर्फ भएर हरिबहादुर राईको छुटेको कारण सच्चाइएको नेता पाण्डले बताए ।

अध्यक्ष ओलीले सहमतिको प्रस्ताव भन्दै ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम महाधिवेशनको बन्दसत्रमा पेश गरेका हुन् । सूचीमा आपत्ति हुनेका लागि निर्वाचन लड्ने बाटो खुल्ला राखेको जानकारी दिए ।