काठमाडौँ– दार्चुलास्थित भारतीय सहकार्यमा निर्माण गरिएको दुई विद्यालय भवनको उद्घाटन भएको छ ।


ADVERTISEMENT


आइतबार दूतावासका नियोग उप–प्रमुख भारतीय नामग्य सी. खम्पाले निर्माण सम्पन्न भएका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनको उद्घाटन गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपाल–भारत सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको छ । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेको हो ।

निर्माण भएका ती विद्यालयमध्ये श्री मोती महिला संघ प्राथमिक विद्यालय १ करोड २७ लाख रुपैँयामा निर्माण भएको छ । जहाँ हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

यस्तै, श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको भने २ करोड ३३ लाख रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो ।