चितवन – एमालेको दसौं महाधिवेशनअन्तर्गत एमालेका प्रतिनिधिहरुले धमाधम उम्मेदवारी दिन थालेका छन् । सोमबार बिहान विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन थालिएको हो । अहिलेसम्म अध्यक्षका लागि भीम रावल, उपाध्यक्षमा घनश्याम भूसाल र विष्णु पौडेलको उम्मेदवारी परिसकेको छ ।


ADVERTISEMENT


त्यस्तै अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका निवर्तमान सचिव तथा प्रदेश १ पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको होमवर्कपछि प्रस्ताव ल्याएका हुन् । ईश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए । उनी एमाले सचिव भइसकेका छन् । उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् ।