चितवन – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनोट गरेका छन् । जसमा घनश्याम भुसाल र भीम रावल अटाएका छैनन्  सोमबार बिहान साढे ३ बजे ओलीले पदाधिकारीको नाम एमाले महाधिवेशनको बन्दसत्रमा बाचन गरेका हुन् ।


ADVERTISEMENT


जसमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी महासचिवमा शंकर पोखरेल छानिएका छन् । उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन् ।

ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ । यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए ।