काठमाण्डौं-एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गरिरहेको छ ।
खेलको निर्धारित तालिका अनुसार ९ बजे टस हुनुपर्नेमा लगातार वर्षाका कारण केही बेर अघिमात्रै सुरु भएको खेल २४-२४ ओभरमा घटाइएको छ । नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ ।
नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न जित आवश्यक छ । सँगसँगै भारत र बंगलादेशबिचको खेलको नतिजाले पनि समिकरणमा असर पार्नेछ ।


ADVERTISEMENT