काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै प्रदेश नम्बर १ मा पर्ने सीमावर्ती जिल्लाहरुमा सुरक्षा निगरानी बढाइएको छ ।


ADVERTISEMENT


पूर्वका मोरङ, सुनसरी, झापालगायत जिल्लाका नाकाहरुबाट आउजाउ गर्नेहरुमाथि सुरक्षाकर्मीले सुक्ष्म निगरानी गर्न थालेका छन् ।चुनावका बेला सुरक्षा अवस्था खल्बल्याउने गतिविधि हुन सक्ने भएकाले निगरानी बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले बताए ।


ADVERTISEMENT

# # #


यसैगरी सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ । सीमा नाका हुँदै साना हतियार भित्रने क्रम बढेको सन्दर्भमा यसलाई रोक्नेतर्फ पनि प्रहरीले ध्यान केन्द्रित गरेको छ । सीमा नाका भएर आउजाउ गर्ने व्यक्तिहरु र सवारी साधनहरुको समेत सुक्ष्म जाँच भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित जिल्लाको सुरक्षा समितिको वैठक बसेर आ–आफ्नो क्षेत्रको संवेदनशीलता अध्ययन गरी त्यसैअनुसारको सुरक्षा योजना बनाउने काम भइरहेको जनाइएको छ ।