काठमाडौँ – महिला टी–२० विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले शुक्रबार मलेसियाको महिला क्रिकेट टोलीलाई ६ विकेटले हराएको हो ।


ADVERTISEMENT


दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । ९३ रनको सामान्य चुनौती पाएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि सीता राना मगरले सर्वाधिक ३८ बलमा ३ चौकासहित ३० रन बनाइन् भने कप्तान रुबिना क्षेत्री २९ बलमा २० रनको योगदान दिइन् । यस्तै सरिता मगरले १७ बलमा १५ र कविता कुँवरले १६ बलमा १० रन बनाइन् ।

मलेसियाका लागि एसा एलिसाले १ विकेट लिइन् । यसअघि मलेसियाका लागि एल्सा हन्टरले नटआउट सर्वाधिक ३९ रन बनाइन् । सो क्रममा उनले ४८ बलमा ४ चौका प्रहार गरिन् । यस्तै मास एलिसाले १४ र युस्रिना याकोपले १२ रनको योगदान दिइन् ।

नेपालका लागि सवमन राईले २ तथा कविता कुँवर, सीता रानामगर र कप्तान रुबिना क्षेत्रीले समान १–१ विकेट लिए । पहिलो खेलमा हङकङसँग अप्रत्यासित हार व्यहोरेको नेपालले आजको जितसँगै अघिल्लो विश्वकप छनोटका लागि स्थान बनाउने आशालाई जीवितै राखेको छ ।

नेपालले दोस्रो खेलमा भुटानलाई ८ र कुवेतलाई ९ विकेटले हराएको थियो ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालसँगै हङकङ, भुटान, घरेलु टोली युएई, कुवेत र मलेसिया भिड्दैछन् । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।