खलङ्गा– नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।


ADVERTISEMENT


सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१), कर्णजङ्ग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य (४३८), दिलबहादुर महत (४३८) र लङ्कबहादुर शाही (४३४) रहेका छन् । महिलातर्फ कान्तिका सेजुवाल (५१२), भगवती श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गीता शाही (४४६) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही (५१५), जयहरि आचार्य (५००), पदमबहादुर शाही (४७०) र लक्ष्मीप्रसाद उपाध्याय (४१२), खस आर्य महिलातर्फ रामदेवी खड्का (४७३), उर्मिला खत्री भण्डारी (४५०), उमा बुढा रावत (४२३) र दिलकुमारी हमाल (४२२) विजयी भएका छन् ।

यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी (४६९), दलित महिलातर्फ लक्ष्मी कामी (४६३) र अपाङ्गतर्फ विष्णुबहादुर शाही ९४५७० महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।

बैतडीबाट २६ प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उनका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार खुलातर्फ दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७), नरेन्द्रसिंह थापा (५२१), केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै खुला महिलातर्फ पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२), खस आर्य पुरुषतर्फ दीपेन्द्र बम (६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००), तेजबहादुर चन्द (५४३), कपील केसी (५२५), खस आर्य महिलातर्फ कान्ता चन्द शाही ९६०१०, सरस्वती कोली (५६२), कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी अपाङ्गतातर्फ ईश्वरीदत्त भट्ट (६०८) र दलिततर्फ सुरत पार्की (६२७) निर्वाचित भएका छन् भने, आदिवासी जनजातितर्फ किरणकुमार राई महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एक उपसभापतिबाहेक सबै पदमा चन्द समूह विजयी भएको थियो । बैतडीमा एक हजार ४०२ प्रतिनिधिमध्ये एक हजार ३४८ जना मतदानमा सहभागी भएका थिए । रासस