भरतपुर– झण्डै पाँच महिनाको लामो समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेट भएको छ ।


ADVERTISEMENT


चितवन नारायणी नदि किनारमा हाल भइरहेको एमालेको दशौँ महाधिवेशनले यी दुईबीचको भेट जुराएको हो ।


ADVERTISEMENT

# # #


यसअघि एमाले कार्यकर्ताले सर्वाेच्चमा पुर्‍याएको अवरोध सम्बन्धमा प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई भेट्न चाहे पनि सो भेट हुन सकेको थिएन । त्यसपछि देउवाले सन्देश पुर्‍याउन तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई ओली निवास बालकोट पठाएका थिए ।

यद्यपि शुक्रवार एमाले महाधिवशेनकै देउवा चितवन पुगेपछि यी दुईबीचको घेट सम्भव भएको हो । ओली–देउवा एकै मञ्चमा एकै समय उक्लिएका छन् । मञ्चमा जाँदा आयोजकले दुवै जनालाई माला लगाइदिएका छन् ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किनेछन्  ।