काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैँयाले बढेर ९३ हजार ९०० रुपैँया तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ९३ हजार ७०० रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैँया कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० रुपैँया थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैँयाले बढेर एक हजार २७० रुपैँया पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० रुपैँयामा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।