काठमाडौँ– नेपाल–भारतको आयोजनामा अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ सम्पन्न भएको छ ।


ADVERTISEMENT


आइतबार डीएभी सुशील केडिया विश्व भारती स्कूल संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र एवम् भारतीय राजदूतावास, काठमाडौँले ‘नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #



राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरद्धारा उद्घाटन भएको सो कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तक यामिनी शर्मा, रिजुला मिश्र,नेपालका स्वजन रघुवंशी समूह तथा भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सो अवसरमा बोल्दै अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। यस्तै, प्रथम प्रेस, सूचना र संस्कृति सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल ‘आजादी को अमृत महोत्सव’ को एक हिस्साको रुपमा सो कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडियाको समेत उपस्थित रहेको थियो ।