ओखलढुंगा – नेपाली कांग्रेसका  युवा नेता हुकुम राईले ‘नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमिति’का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । राईले जनजातिका तर्फबाट ‘नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमिति’का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले एक विज्ञप्ति जारी गर्दै १४औं अधिवेशनमा ओखलढुंगा कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।  उनले आफूलाई मतदान गर्नसमेत आम मतदातालाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


‘मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो ओखलढुंगामा कांग्रेस चुनावमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन’, उलने भनेका छन् ।

‘मलाई अझैसम्म विश्वस छ, ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ’, राईले भने, ‘त्यसैले कांग्रेसको जित सुनिश्चित छ ।’

उनले भने, ‘हरेक कांग्रेसले त्यो विभिन्न पात्रहरूबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरूलाई स्विकारेर, केलाएर सच्चाउन जरुरी छ ।’

राईले थपे, ‘सिएर हुन्छ कि टालेर हुन्छ जे जसरी हुन्छ त्यसरी नै मिलाएर कांग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने छ’, उनले भने, ‘त्यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ ।’

अगाडि राई थप्छन्, ‘त्यसैले १४औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको उम्मेदवारी घोषणा गरेको छु ।’

उनले कांग्रेसमा आफ्ना पुराना दिन सम्झँदै भने, ‘तपाईंहरूलाई लाग्दो हो । यो फुच्चे कसरी उम्मेदवार भयो । त्यसैले मैले भन्न आवश्यक ठाने’, उनले भने, ‘म १३औँ अधिवेशनदेखि बुथ प्रतिनिधि छु ।’

उनले भने, ‘२०७० को संविधान सभाको निर्वाचन र २०७४ को आमनिर्वाचनमा शुरुदेखि अन्तिमसम्म उम्मेदवार लागयत सम्पूर्ण प्रचार टिमसंगै प्रचार– प्रसरमा थिएँ ।’ आफट्ठले गरेको कामहरु सम्झँदै राई बताउँछन्, ‘संविधान सभा सदस्य रामहरि खतिवडाको स्वकीय सचिव भएर अहिलेसम्म पनि उहाँकै सचिवालय हेर्दैछु ।’

‘मलाई पूरा आशा छ तपाईंहरूले आफ्नो अमूल्य मत दिएर त्यो मौका तपाईहरूले मलाई दिनु हुनेछ’, राईले भनेका छन् ।