काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका छन् ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हाबी भएका कारण आफूहरुले बिद्रोह गरेको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ओली प्रवृतिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढेको तर्क गरे । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अब जिल्ला जिल्लामा पनि शुन्यको अवस्थामा पुग्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकाएको टिप्पणी गरे ।

कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराएका थिए ।