इलाम– आफ्नै दाइको हत्या अभियोगमा ३० वर्षीय भाई समातिएका छन् ।


ADVERTISEMENT


३५ वर्षीय दाजुइच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य वादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।