दाङ – नेपालमा आन्दोलनका प्रकृतिहरु विस्तारै फेरिँदै गएका छन् । बन्द हडताल जुलुसमा पनि एकखाले नयाँ सिर्जनशीलताहरु देखिन थालेको छ ।


ADVERTISEMENT


यस्ता सिसिर्जनशीलताहरु युरोपका देशहरुमा प्रशस्तै देखिने भए पनि नेपालमा भने यसो हुन लागेको भर्खरै मात्र हो । गुठी विधेयकको विरोधका समय गायक योगेश्वर अमात्यले बन्दकर्ता हुँदै गर्दा गुलाफको फूल बाँढेको अनौठो दृश्य पहिलो पटक देखिएको थियो । पछि यस्ता सिर्जनशीलता झाँगिदै गएको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


गुठी विधेयकककै विरोध आन्दोलनमा नेवार समूदायले एम्बुलेन्स लगायत अत्यावश्यक सामग्रीका चीजहरुलाई बीचमा खाली गरेर छिटो बाटो छोडिदिएको देखिएको थियो ।

अब ढु‌ंगा हान्ने टायर बाल्ने जस्ता अराजक कुराहरुलाई युवाहरुले मन पराउन छाडेको देख्न सकिन्छ । यद्यपि विद्यार्थी आन्दोलनहरु भने अझै पनि अराजक देखिँदै आएका छन् ।

केपी ओलीका कार्यकर्ताले माधव नेपाललाई बाँदरका रुपमा चित्रित गर्न गरेको मिम भने उति सफल भएन । त्यतिबेला ओलीका कार्यकर्तालाई उल्टै जनताले बाँदर भएको रुपमा विश्लेषण गरेका थिए । यद्यपि त्यसबेलाको आन्दोलनमा पनि एमाले कार्यकर्ताले सिर्जनशीलता भने पस्किएका थिए ।

यस्तै सिर्जनशील दृश्य देखिएको छ दाङमा  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा मंगलबार गरेको बन्दको क्रममा पनि ।  दाङका नेकपाका कार्यकर्ताहरूले फरक र नयाँ शैली अपनाएका छन् ।

सडकका देखिएका बन्दकर्ताहरू सडक सरसफाइ र ट्राफिक चिन्हहरूको व्यवस्थापनमा लागेका छन् । बन्दकर्ताहरूले आफैँ कुचो समाएर सडक सभा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् । राजनीतिक कार्यकर्ताहरू अराजक मात्र हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यसो गरिएको बन्द कर्ताहरुको दाबी छ ।