चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन् ।


ADVERTISEMENT


राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो । गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।


ADVERTISEMENT

# # #


सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएको वडाअध्यक्ष चुरबहादुर खड्काको भनाई छ । शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियोे । स्यालले स्थानीवासीको बङ्गुर र बाख्रालाई पनि टोकेकाले उक्त स्याललाई राति नै मारिएको थियो । रासस