पोखरा –  पोखराको नयाँबजारस्थित माछापुच्छ्रे बैंकको कार्यालय परिसरमा माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष सूर्यबहादुर केसीको  शालिक स्थापना गरिएको छ । बैंक परिसरमा समाजसेवीसमेत रहेका  केसीको शालिक स्थापना गरिएको हो ।


ADVERTISEMENT


उक्त शालिकको एक समारोहका बीच केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले अनावरण गरेकी हुन्। शालिक काठमाडौंका कलाकार एवम् मूर्तिकार विकल प्रजापतिले बनाएका हुन् ।


ADVERTISEMENT

# # #


२२ वर्ष अघि आफू संस्थापक अध्यक्ष रहेर पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भनेर स्व केसीले माछापुच्छ्रे बैंक स्थापना गरेका थिए । उक्त अवसरमा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापाले केसीको दूर दृिष्टकोणले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेतृत्व गरेको बताए ।

कार्यक्रममा बैंकका संचालक हरिभक्त सिग्देलले भने, ‘उहाँ(सूर्यबहादुर केसी) भौतिक रुपमा हामी माझ नभए पनि सूर्यको प्रकाश जस्तै उहाँका बिचारहरु संसारमा फैलिएको छ ।’

स्व केसीका छोरा प्रकाश केसीले आफ्ना पिताजीको सोंच र बिचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे । माछापुच्छ्रे बैंकका अध्यक्ष डा वीरेन्द्र महत्तो, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, बैंकका संचालक किरण केसी, रोशन केसी, निर्देशक जय मुकुन्द खनाल लगायतले केसीको शालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

बैंकर, उद्योगपति, समाजसेवी र राजनीतिज्ञका रुपमा परिचित केसीको २०७७ कात्तिक १८ गते निधन भएको थियो ।