काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय  देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस पश्चिम नवलपरासीको क्षेत्रीय समीति उम्मेद्वार घोषणा सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  निर्वाचन क्षेत्र २,नवलपरासी पश्चिम संघीय कार्यसमीति २ (माधव पाण्डे नेतृत्व को प्यानल) ले उम्मेद्वारी दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमिती २’क’मा (कृष्ण नारायण श्रेष्ठ नेतृत्व को प्यानल) ले उम्मेद्वारी दिएको छ ।

साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिती २’ख’ मा (रामचन्द्र सहानी नेतृत्व को प्यानल) ले उम्मेद्वारी दिएको छ ।

कार्यसमिती को औपचारlक उम्मेदवारी घोषणा सभा जिल्ला सभापति श्री बिष्णु पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

उम्मेदवारी घोषणा सभाको प्रमुख आतिथ्यता केन्द्रीय सदस्य माननीय  देवेन्द्रराज कण्डेलले गरे ।  कार्यक्रममा  जिल्लाका नेतृत्व ,केन्द्रीय विभाग सदस्यहरु,भातृ संगठनका प्रतिनिधि,जनप्रतिनिधि  तथा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बि.पी. स्मृति भवन,जिल्ला कार्यसमिती कार्यालय नवलपरासीमा सम्पन्न भएको कण्डेलको नीजि सचिवालयले जानकारी दिएको छ ।