काठमाडौं – माछापुछ्रे बैंकको २३औंं वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंकको आर्थिक वर्ष २०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान बाडँफाट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।


ADVERTISEMENT

# # #


उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७७-७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश ९०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रे बैंकले आफ्ना १६२ वटा शाखालगायत १५४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३१६ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएममार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।