काठमाडौं – उदाउँदो  सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्वको विधिवत् समापन भएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।


ADVERTISEMENT


यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व सम्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ ।

छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास पनि छ ।