काठमाडौं –  उपन्यासकार प्रा लीलबहादुर क्षेत्रीलाई भारत भारत सरकारले ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको छ ।  ‘बसाई’ उपन्यास लेखी नेपाली साहित्यमा उदाएका असम निवासी क्षेत्रीलाई भारत सरकारले साहित्य र शिक्षा विधामा पद्मश्री पुरस्कारले सम्मान गरेको हो ।


ADVERTISEMENT


प्रा क्षेत्री नेपाली साहित्यमा आख्यान, नाटक, निबन्ध, समालोचना र र कवितामासमेत परिचित छन् ।  क्षेत्रीले नेपालबाट जगदम्बाश्री (सन् २०१६) र भारतबाट सन् १९८७ मा साहित्य एकेडेमी अवार्ड पाएका थिए । क्षेत्रीका पुस्तकहरु त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएका छन् । क्षेत्रीले नेपालबाट विभिन्न सम्मान पुरस्कारसँगै नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक प्रदान गरेको अन्तर्राष्ट्रिय भानु पुरस्कार पनि प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले बह्मपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक अभिव्यक्ति लगायतका कृतिहरु लेखेका छन् ।क्षेत्रीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कृत गरेका हुन् । सन् २०२० का लागि १४१ जनालाई पद्मविभुषण, पद्मभुषण र पद्मश्रीबाट सम्मान गरिएको हो ।