काठमाडौँ– बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त छ भनी राखेको प्रस्तावमा बहुमत सदस्यले समर्थन गरेका हुन् ।


ADVERTISEMENT


१०९ जना सदस्य रहेको बाग्मती प्रदेशसभामा सोमबार १०४ जना उपस्थित रहेका थिए । जसमध्ये पाण्डेको पक्षमा ५९ जनाले मत दिए भने विपक्षमा ४३ मत परेको छ २ जना सांसद तटस्थ रहे । पाण्डेले पाएको पाएको मत संख्या प्रदेशभामा कायम रहेको सदस्य संख्याको बहुमत हो ।


ADVERTISEMENT

# # #


गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार उनले विश्वासको मत लिएका हु्न् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि कात्तिक १० गते पदबाट राजीना दिएसँगै पाण्डे संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

पाण्डेको पक्षमा नेकपा एकीकृत समाजवादीसँगै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका हुन् । नेकपा एमालेका सांसदले उनको विपक्षमा मतदान गरेको छ भने विवेकशील साझाका सांसदहरु तटस्थ भए ।