काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा वा माओवादी अध्यक्ष केपी ओलीले झुट बोलेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले पत्र लेखेको र प्रचण्ड नलेखेको बताएर दुईमध्ये एकले झुट बोलेको टिप्पणी गरेका हुन् । उनले दुई नेताको अभिव्यक्तिले द्विविधा उत्पन्न भएको भन्दै स्पष्ट पार्नुपर्ने धारणा पनि राखे ।


ADVERTISEMENT

# # #


उनले अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधिसले राजिनामा गर्नु राम्रो हुने बताए । ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप पनि लगाए ।